Logo

मानवीय सेवामा योगदान पुर्याउने उत्कृष्ट ३ स्वयंसेवी पुरस्कृत

मानवीय सेवामा योगदान पुर्याउने उत्कृष्ट ३ स्वयंसेवी पुरस्कृत


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मानवीय सेवामा अतुलनीय योगदान पु¥याएबापत तीनजना स्वयंसेवीले उत्कृष्ट मानवीय सेवा सम्मान एवं पुरस्कार प्राप्त गरेका छन् ।
यसरी पुरस्कृत हुनेमा नेपाल रेडक्रश सोसाइटीका स्वयंसेवकद्वय नारायणकुमार श्रेष्ठ एम्बुलेन्स अंकल, धादिङ० र राजन श्रीवास्तव (पर्सा) र सजना सुनुवार (सुर्खेत )छन् ।

अन्तरराष्ट्रिय स्वयंसेवक दिवसका अवसरमा विभिन्न संस्थाद्वारा मंगलबार आयोजित कार्यक्रममा नगद रु ५० हजारसहित सम्मान गरिएको सोसाइटीका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले जानकारी दिए ।
वीरगञ्जलगायत आसपासका क्षेत्रमा रगतको अभाव हुन नदिई आम रक्तदातालाई रक्तदान गर्न उत्प्रेरणा जगाएबापत स्वयंसेवक श्रीवास्तव र प्रकोप तथा दुर्घटनामा स्थलगत उद्धार कार्यमा अनवरतरुपमा खटिएबापत स्वयंसेवक श्रेष्ठले सो सम्मान प्राप्त गरेका हुन् ।

यसैगरी, महिला हिंसा अन्त्य र जोखिममा परेका बालबालिका उद्धार कार्यमा योगदान दिएबापत सुनुवारले सो सम्मान प्राप्त गर्न सफल भएका हुन् ।

सोसाइटीद्वारा सञ्चालित भूकम्प प्रतिरोध कार्यक्रमका राष्ट्रिय संयोजक उमेश ढकाल र राष्ट्रसंघीय स्वयंसेवक संस्था ९युएनभी०का नेपाल निर्देशक जयशंकर लालले सम्मान प्रदान गरेका थिए ।

युएनभीले हरेक वर्ष मानवीय सेवामा उत्कृष्ट कार्य गर्नेलाई सम्मान गर्दै आएको छ । सो अवसरमा कार्यक्रम संयोजक ढकालले मानवीय सेवामा तल्लीन हुनु सोसाइटीको प्रमुख दायित्व रहेको चर्चा गरे । रासस

प्रतिक्रिया दिनुहोस्
MBL