Logo

यमनमा युद्धविरामका लागि राष्ट्रसंघको आग्रह, मानवीय सङ्कट कम गर्न सकिने

यमनमा युद्धविरामका लागि राष्ट्रसंघको आग्रह, मानवीय सङ्कट कम गर्न सकिने


बिजखबर संवाददाता
27
Shares

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुथ्रेसले यमनमा युद्धविराम गर्न सम्बद्ध सबै पक्षसँग आग्रह गरेका छन् ।

जतिसक्दो चाँडै युद्धविराम गर्न सकिएमा यमनमा हाल जारी रहेको मानवीय सङ्कट कम गर्न सकिने बताएका हुन् ।

गुथ्रेसले केही दिनयता देखि सशस्त्र द्वन्द्व जारीराखेका सवै पार्टीहरुलाई सो आग्रह गरेको उनका प्रवक्ता स्टेफेन डुजारिकले जानकारी दिए ।

पछिल्लो समयमा यमनको राजधानी सानामा झडपहरु भएका छन् । ती झडपमा परी सर्वसाधारण र निहत्था नागरिकको ज्यान जाने गरेको छ ।

सानामा पछिल्लो समययता यहाँका पूर्वराष्ट्रपति अलि अब्दुल्लाह सालेह समर्थक सैन्य समूह, हुथी विद्रोही र वर्तमान राष्ट्रपति अबेद्रब्बु मन्सुर हादीका बीचमा ती भिडन्त भएका छन् ।

गत हप्ता सानामा भएको झडपमा विद्रोही र सरकारी बलका करिब ६० व्यक्तिको मृत्यु भएको थियो ।

हुथी विद्रोहीलाई इरानले समर्थन गर्दै आएको छ । यमनमा अन्तरर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्रपति अबेद्रबु मन्सुर हादी हनुहुन्छ । उहाँको सरकारविरुद्ध उक्त हुथी विद्रोही समूह पनि सालेहको साझेदार रहिआएको छ ।

पछिल्लो समयमा भएका ती झडपहरुका कारण एम्बुलेन्स र चिकित्सक पनि घाइते व्यक्तिहरुसमक्ष पुग्न नसकेका र सर्वसाधारणले पनि आफनो आवश्यताअनुसार खाद्य सामाग्री तथा अन्य बस्तु किन्नको लागि बाहिर जान नसक्ने अवस्था रहेको छ ।

त्यसैगरी सहयोगकर्ताहरु पनि निर्वाध रुपमा हिडडुल गर्न सक्ने अवस्था हाल यमनमा रहेको छैन । त्यसैले महासचिव गुथ्रेसले युद्धविरामका लागि आग्रह गरेका हुन् ।

यमनमा तीन बर्ष अधि हुथी विद्रोही समूहले राजधानी साना कब्जा गरेका थिए । उनीहरुले पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेको समर्थनमा सो कब्जा गरेका थिए ।

सन् २०१५ देखि यमनको सहयागको लागि भन्दै साउदी अरेबियाले विद्रोहीलक्षित हवाई आक्रमण सुरु गरेपछि हालसम्म ८ हजार ७५० भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको बताइएको छ ।

यसैबीच यमनका पूर्वराष्ट्रपति अलि अब्दुल्लाह सालेहले पनि शान्ति वार्ताका लागि प्रस्ताव गरेको समाचार हिजो प्राप्त भएको थियो ।

उनले शनिबार आफूले साउदी अरेबियाको नेतृत्वको गठबन्धनसँग वार्तागर्न प्रस्ताव गरेका थिए । उक्त प्रस्तावको साउदी अरेबियाले पनि स्वागत गरेको छ ।

तर शान्ति वार्ताकै लागि अब के कसरी अघि बढ्ने भन्ने बारेमा एक दुई दिनमा महत्वपूर्ण निर्णय हुनसक्ने अधिकारीहरुले जानकारी दिएका छन् । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्
MBL