Logo

मंसिर १० गते चुनाव भएका स्थानमा २१ गते ५ बजेबाट मतगणना शुरु

मंसिर १० गते चुनाव भएका स्थानमा २१ गते ५ बजेबाट मतगणना शुरु


बिजखबर संवाददाता
1.5k
Shares

काठमाडौं । मंसिर १० गते चुनाव भएका स्थानमा मंसिर २१ गते ५ बजेपछि मतगणना शुरु हुने भएको छ । निर्वाचन आयोगले निर्वाचन सम्पन्न भएका ३२ जिल्लामा २१ गते ५ बजेपछि मतगणना शुरु गर्न लागेको हो ।

मंसिर १० गते चुनाव भएका हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लाका ३७ प्रतिनिधि सभा र ७४ प्रदेश सभाका मतपेटिका अहिले जिल्ला सदरमुकाममा सिलबन्दी गरेर राखिएको छ । अन्य स्थानमा मतदान सकिनासाथ ती स्थानको मतगणना शुरु गरिने आयोगले जानकारी दिएको छ ।

दुई चरणमा गरी १ सय ६५ प्रतिनिधिसभा र ३ सय ३० प्रदेशसभा सदस्यका लागि चुनाव हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्
MBL