Logo

इन्डोनेसियामा आएको आँधीबाट मृत्यु हुनेको संख्या २० पुग्यो, १७ हजार घर नष्ट

इन्डोनेसियामा आएको आँधीबाट मृत्यु हुनेको संख्या २० पुग्यो, १७ हजार घर नष्ट


बिजखबर संवाददाता
54
Shares

जाकार्ता । इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले एक हप्ता अघि आएको आँधीका कारण मृत्यु हुनेहरूको संख्या २० पुगेको बताएको छ ।

भारतीय सामुद्रिक टापुहरूबाट आएको आँधी, बाढी र चक्रवायुले १७ हजार ९ ओटा घरहरु नष्ट भएको पनि अधिकारीहरूले जनाएका छन् ।
प्राकृतिक प्रकोपमा परी अन्य चार जना घाइते भएका छन् । त्यस्तै १ हजार ८ सय ७९ जना घरवारविहिन भएका छन् ।

उनीहरुलाई सुरक्षित ठाँउका आश्रयस्थलहरूमा राखिएको विभागका प्रवक्ता पुर्वो नुग्रोहोले जानकारी दिए । प्रभावित सवै ठाँउहरूमा अझै पनि पुग्न नसकेको उनले बताए ।

ठूलो क्षति बनाउनेगरी आँधी आएपछि नोभेम्बर २७ देखि संकटकाल घोषणा गरिएको छ । घटनाबाट प्रभावितहरूलाई सहयोग गर्न ११ सय ७४ जना सुरक्षाकर्मी र विभिन्न कार्यालयका उद्धारकर्ता तथा स्वयम्सेवीहरू परिचालन गरिएको छ ।

उनीहरूलाई खाना, बच्चाको खाना, औषधी र अन्य राहत सामग्रीहरु पनि पठाइएको उनले जानकारी दिए । रासस\सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
MBL