Logo

विश्वकप ड्रः पोर्चुगल र स्पेन एउटै समूहमा

विश्वकप ड्रः पोर्चुगल र स्पेन एउटै समूहमा


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । रुस विश्वकपमा स्पेन र पोर्चुगल एउटै समूहमा परेका छन् । त्यस्तै समूह डीमा अर्जे्न्टिनासँगै नाइजेरिया परेको छ ।

मोरक्कोमा भएको ड्रमा युरोकप विजेता पोर्चुगल र स्पेनसँगै मोरक्को र इरान एउटै समूहमा परेका छन् ।

पोर्चुगल र स्पेनको खेल जुन १५ मा हुदैछ । यस्तै अर्जे्न्टिना रहेको समूह डीमा आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया छन् । अर्जेन्टिनाको पहिलो खेल १६ जुनमा आइसल्याण्डसँग हुनेछ ।

विश्वकप २०१८को उदघाटन खेल भने आयोजक रसिया र साउदी अरेबियाबीच हुनेछ । यो खेल जुन १४ मा मस्कोमा हुनेछ ।

हेर्नुहोस कुन समूहमा कुनकुन देश परे ?

समूह एः रसिया, साउदी अरेबिया, उरुग्वे र इजिप्ट
समूह बीः पोर्चुगल, स्पेन, मोरक्को र इरान
समूह सीः फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्क
समूह डीः अर्जे्न्टिना, आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया
समूह ईः ब्राजिल, स्वीट्जरल्याण्ड, कोष्टारिका र सर्बिया
समूह एफः जर्मनी, मेक्सिको, स्वीडेन र दक्षिण कोरिया
समूह जीः इंग्ल्याण्ड, बेल्जियम, ट्युनिसिया र पानामा
समूह एचः पोल्याण्ड, कोलम्बिया, सेनेगल र जापान

प्रतिक्रिया दिनुहोस्
MBL