Logo

नेपालमा भित्रियो आईफोन–१०, ३ हजारको माग २ सय थान मात्र बजारमा

नेपालमा भित्रियो आईफोन–१०, ३ हजारको माग २ सय थान मात्र बजारमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाली बजारमा आईफोन–१० भित्रिएको छ । एप्पलको नेपालका लागि आधिकारीक विक्रेता जेनेरेसन नेक्स्टले एक कार्यक्रमबीच सो फोन नेपाली बजारमा भित्र्याएको हो ।

नेपाली बजारमा सिल्भर र स्प्रे ग्रे कलरका आइफोन–१० उपलब्ध हुनेछन् । जु ६४ र २५६ जीबीका हुनेछन् । ६४ जीबीको बजार मूल्य भ्याट सहित १ लाख ३८ हजार र २५६ जीबीको मूल्य भ्याट सहित १ लाख ५९ हजार रहेको जेनेरेसन नेक्स्टका प्रबन्ध निर्देशक पवन भिमसरियाले जानकारी दिए ।

कम्पनीले शुरुमा आफ्नो रिसेलरबाट मात्र आईआफेन–१० को बिक्री शुरु गरेको छ । केही समयभित्रै देशभरबाट बिक्री शुरु गरिने भिमसरियाले जानकारी दिए । ‘अहिले नेपाली बजारमा आईफोन–१० को माग बढी छ तर कम मात्र भित्रिएको छ,’ उनले भने, ‘कम आयात भएकै कारण सिमित स्थानबाट मात्र बिक्रीवितरण शुरु गरिएको हो ।’

भिमसरियाका अनुसार नेपालमा करिब ३ हजार थान आईफोन–१० को अर्डर भइरहेको छ । तर, सो मध्ये बिहीबारसम्म नेपालमा कुल २ सय थानमा मात्र आईफोन–१० भित्रिएको उनले जानकारी दिए । ‘हामीले शुरुमा १ हजार थानको अर्डर गरेका थियौं,’ उनले भने, ‘तर, अहिलेसम्म एकदमै कम मात्र भित्रिएको छ ।’

वायरलेस चार्जिङ हुने आईफोन–१० लाई सक्कली हो या होइन भन्ने कुरा एप्पलको वेवसाइटबाटै पत्ता लगाउन उनले जानकारी दिए । एप्पल कम्पनीको वेवसाइटमा ग्राहकले किनेको आइफोनको सिरियल नम्बरबाट आइफोन सक्कली हो कि होइन परीक्षण गर्न सकिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL