Logo

नेपाल चेम्बर एक्स्पो बिहीबारदेखि, ३ लाख अवलोकनकर्ताको सहभागिता रहने

नेपाल चेम्बर एक्स्पो बिहीबारदेखि, ३ लाख अवलोकनकर्ताको सहभागिता रहने


बिजखबर संवाददाता
135
Shares

काठमाडौं । नेपाल चेम्बर एक्स्पो २०१७ बिहीबारदेखि हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने एक्स्पो १८ गतेसम्म चल्ने छ ।

नेपाल चेम्बर अफ कमर्शले आयोजना गर्न लागेको एक्स्पोलाई वाणिज्य मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग रहने छ । मेलामा अन्तरराष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागीता रहने आयोजकले जानकारी दिएको छ ।

एक्स्पोको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ ।

चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले मेलामा दक्षिण कोरियाले पार्टनर मुललुकको हैसियतमा सहभागिता जनाउने र थाइल्याण्ड फोकस मुलकुको रुपमा सहभागी रहने बताए ।

एक्सपोमा नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र वंगलादेश गरी आठ वटा मुलुकहरुको सहभागिता रहने जनाइएको छ । मेलामा कुल २ सय २५ वटा स्टलहरु रहने जनाइएको छ ।

नेपाल चेम्बर एक्स्पो २०१७ का संयोजक राष्ट्र भूषण चाकुबजीले मेलामा कोरियाको २३ र थाइल्याण्डका १५ वटा स्टलहरु रहने छ ।

पाँंच दिनसम्म चल्ने मेलामा करिव ३ लाख भन्दा वढी अवलोकनकर्ताले सहभागिता जनाउने अपेक्षा गरिएको छ । मेला मंसिर १८ गते सोमबारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL