Logo

मतदानको प्रत्यक्ष निगरानीमा प्रमुख निर्वाचन आयुक्त

मतदानको प्रत्यक्ष निगरानीमा प्रमुख निर्वाचन आयुक्त


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको प्रत्यक्ष निगरानी गरेका छन् । यादवसहित सहित आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहले आज ३२ जिल्लामा भइरहेको निर्वाचनको प्रत्यक्ष निगरानी गरिरहेका हुन् ।
मतदान कार्यमा तत्काल सम्बोधन गर्नुपर्ने विषयमा तुरुन्तै आवश्यक निर्देशन दिने उद्देश्य सहित आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा रहेर उनीहरुले निर्वाचनको प्रत्यक्ष निगरानी गरिरहेका आयोगले जानकारी दिएको छ ।

मतदानलाई निष्पक्ष र स्वतन्त्ररुपमा सञ्चालन गराउनका लागि सम्बद्ध पदाधिकारीहरुलाई तत्कालै आवश्यक निर्देशन दिने कार्यसमेत भइरहेको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL