Logo

एकै पटक १४ ओटा भेन्टिलेटर खरिद गरिदै

एकै पटक १४ ओटा भेन्टिलेटर खरिद गरिदै


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । स्वास्थ्य सेवा विभागले एकै पटक १४ वटा भेन्टिलेटर खरिद गर्ने भएको छ । भेन्टिलेटर चिकित्सा विधाको अत्यन्त महँगो तथा संवेदनशील उपचारका लागि अतिआवश्यक सामग्री हो ।

भेन्टिलेटर खरिद गर्न तत्कालीन स्वास्थ्यमन्त्रीद्वय खगराज अधिकारी र गगनकुमार थापाले पहल गरेका थिए ।

अर्थ अभावले खरिद प्रक्रिया रोकिएको थियो । “यस पटक आर्थिक विनियोजनसमेत भई भेन्टिलेटर खरिदका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन मैले स्वीकृति दिइसकेँ”, विभागका महानिर्देशक डा राजेन्द्र पन्तले बताए ।

एउटा भेन्टिलेटरको करोडौँ मूल्य पर्छ । सरकारी तथा निजी अस्पतालमा हाल २०० भेन्टिलेटर पनि छैनन् । खरिद गरिने ती उपकरण विभागले सातै प्रदेशअन्तर्गतका अस्पतालमा कम्तीमा एक एक बाँकी अति आवश्यकताका आधारमा जडान गर्ने महानिर्र्देशक डा पन्तले जानकारी दिए ।

भेन्टिलेटरको प्रयोग विशेष गरी नवजात शिशुको उपचारमा हुने गर्छ । रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL