Logo

घुस काण्डमा वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ

घुस काण्डमा वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ


बिजखबर संवाददाता
1.9k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

अख्तियार टोलीले १० लाख रुपैयाँ घुस सहित विभागका अधिकृत र सुब्बालाई पक्राउ गरेको थियो । उनीहरुकै बयानका आधारमा महानिर्देशक पाण्डेलाई समेत पक्राउ गरेको हो ।

अख्तियारले मंगलबार राति नयाँ बानेश्वरस्थित इन्देणी फुडल्याण्डबाट विभागका अधिकृत कृतिवल्लभ पौडेल खड्गबहादुर केसीलाई १० लाख रुपैयाँ घुस सहित पक्राउ गरेको थियो ।

उक्त घटनामा महानिर्देश पाण्डेको संलग्नता रहेको र सो विषयमा केही बेरमै जानकारी गराईने अख्तियारका सह प्रवक्ता तथा सुचना अधिकृत खगेन्द्रप्रसाद रिजालले बिजखबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL