Logo

सावर्जनिक खरिद ऐन लागु गर्न माग, कार्यान्वयनमा नआए आन्दोलनको चेतावनी

सावर्जनिक खरिद ऐन लागु गर्न माग, कार्यान्वयनमा नआए आन्दोलनको चेतावनी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२८ माघ,काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन कार्यन्वयनका लागि उचित कदम चाल्न आग्रह गरेको छ । महासंघका अध्यक्ष शरदकुमार गौचनको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले संसदीय मामिला मन्त्री नरहरी आचार्यसँगको भेटमा यस्तो आग्रह गरेको हो ।

महासंघले चालु आर्थिक बर्ष  नेपाल सरकारको नीति तथा कार्यक्रममा घोषण भएको रु. २ करोड सम्मको निर्माण कार्यमा पूर्व योग्यता विनानै  भाग लिन पाउने व्यवस्था गर्ने भनिएपनि कार्यान्वयन नभएको भन्दै  त्यसको कार्यान्वयन गराउन पनि आग्रह गरेको छ ।
सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली लगायतका अन्य ऐन तथा नियमावलीमा निर्माण व्यवसायीका सुझावलाई समेटर शंसोधन गरिनु पर्ने  उनीहरुको माग छ ।

महासंघका अध्यक्ष शरदकुमार गौचनले ०६६ साल मंसिर ४ गते सम्पन्न ४५ बुँदे सहमतिका केही बुदाँहरु कार्यान्वयनमा आइसकेता पनि अझ धेरै सम्झौताहरु लागु नभएकाले यथासिघ्र लागू गराउन मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।  अन्यथा महासंघ पुनः आन्दोलनमा जाने चेतावनी समेत दिए ।  सो अवसरमा मन्त्री आचार्यले संसद चलेमा संसदबाट पारित गर्ने नचलेको खण्डमा अध्यादेशबाट भए पनि यहाँहरुको समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । महासंघ अध्यक्ष गौचनको नेतृत्वमा गएको सो प्रतिनिधिमण्डलमा रुद्र प्रसाद शर्मा उपाध्यक्ष, रामशरण देउजा महासचिव, बिष्णु बुढाथोकी उप–महासचिव(नीतिगत), नरहरी थपलिया सह–कोषाध्यक्ष  र कार्यालय प्रमुख कृष्णबहादुर पोखरेल सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL