Logo

भारतीय प्रधानमन्त्री मोदी र चौधरी ग्रुपका अध्यक्ष चौधरीवीच भेट, जलविद्युत्मा लगानी गर्न आग्रह

भारतीय प्रधानमन्त्री मोदी र चौधरी ग्रुपका अध्यक्ष चौधरीवीच भेट, जलविद्युत्मा लगानी गर्न आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१६ माघ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीवीच शुक्रबार भेटवार्ता भएको छ । भारतीय प्रधानमन्त्री निवास सेभेन रेस कोर्स नया“ दिल्लीमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरी र कार्यकारी निर्देशक राहुल चौधरी पनि सहभागी थिए ।

भारतीय प्रधानमन्त्री मोदीस“ग अध्यष चौधरीको पारिवारिक भेटवार्ता भएको हो । ‘उहा“ गुजरातको मुख्यमन्त्री हुदादेखि नै हामीवीच पारिवारिक सम्वन्ध रहदै आएको छ,’ अध्यक्ष चौधरीले भेटवार्तापछि भने, ‘कार्य व्यस्तताका बाबजूद समय उपलब्ध गराई हामीप्रति आत्मियता दर्शाउनु भएकोमा म भारतीय प्रधानमन्त्री मोदीज्यूप्रति आभारी छु ।’

भारतीय प्रधानमन्त्री मोदीले विवाहको तयारीमा रहनु भएका चौधरी ग्रुपका कार्यकारी निर्देशक राहुल चौधरीलाई हार्दिक बधाई एवं शुभकामना समेत दिएका थिए ।

भेटमा अध्यक्ष चौधरीले नेपालको आर्थिक विकासका लागि नेपाल भारत र चीनबीच त्रिदेशिय सहकार्य हुनुपर्नेमा बताएका थिए । विशेष गरि नेपालको अपार जलस्रोतको उपयोगका लागि तीनदेशबीच निकट भविष्यमै सहकार्यको खा“चो रहेको धारणा अध्यक्ष चौधरीले मोदी समक्ष राखेका थिए । ‘नेपालका मेगा हाईड्रो प्रोजेक्टहरुको विकासका लागि नेपाल, भारत र चीनबीच सहकार्य हुनुपर्छ भन्ने मेरो मान्यता छ । नेपाललाई आर्थिक विकासको तिब्र गतिमा अगाडि बढाउन तीन देशबीच सहकार्यको वातावरण सकेसम्म चाडो तयार हुनुपर्छ भन्ने धारणा भारतीय प्रधानमन्त्री समक्ष राखेको हु“,’ अध्यक्ष चौधरीले भने । त्यसैगरि भारतीय प्रधानमन्त्री मोदी र अध्यक्ष चौधरीबीच नेपालको समसामयिक राजनीतिक बिषयमा पनि छलफल भएको थियो ।

यसअघि भारतीय प्रधानमन्त्री मोदीको पहिलो नेपाल भ्रमणका क्रममा पनि उनीबीच भेटवार्ता भएको थियो । अध्यक्ष चौधरीले भारतीय प्रधानमन्त्री मोदीको आग्रहमा उनका धर्मपुत्र जीतबहादुर सारु मगरको परिवारस“ग पुर्नमिलन गराउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

जलविद्युतमा विदेशी लगानी भित्र्याउँदै प्राइम बैंक, तल्लो सोलुका लागि ९ अर्व ल्याउन विदेशी

बैंकसँग सम्झौता

https://139.180.217.87/featured/2216.html

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL