Logo

नेप्से घट्यो, ३५ करोड ८६ लाखको कारोवार

नेप्से घट्यो, ३५ करोड ८६ लाखको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
१५ माघ, काठमाडौं । बिहीवार नेप्से परिसुचक १ दशमलव ४१  अंकले घटेको छ । बजार खुलेको केही समय उकालो लागेको नेप्समा दिनभर उतावचढाव पश्चात  अन्नत ९ सय ८६ दशमलव २९ विन्दमा पुगेर रोकिएको छ ।

बुधवार नेप्से १३ अंकले बढेको थियो ।

बिहीवार बैंकिङ,वाणिज्य बैंक, बीमा समूह,उत्पादन समूहको नेप्से परिसुचक घटेको छ । बैंकिङतर्फ २ दशमलव ४६ विन्दुले घटेको छ । त्यस्तै होटल समूहको ३ दशमलव २३,बीमा समूहको ३० दशमलव ६८ तथा उत्पादन समूहको परिसुचक २ दशमलव ७९ विन्दुले ओरालो लागेको छ ।

यता वाणिज्य बैंक,जलविद्युत तथा फाइनान्ससमूहको परिसूचक भने क्रमशः ० दशमलव २, १० दशमलव ७४र  दशमलव २८ अंकले बढेको छ । बिहीवार १ सय ४३ कम्पनीको  बजारमा जम्मा ३५ करोड ८६ लाखको शेयर कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL