Logo

रातो गुलाबको माग बढ्यो, भ्यालेनटाइन डेका लागि भारतबाट आयात गरिदै

रातो गुलाबको माग बढ्यो, भ्यालेनटाइन डेका लागि भारतबाट आयात गरिदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१३ माघ, ललितपुर । भ्यालेन्टाइन डे (प्रणय दिवस)मा रातो गुलाबको विशेष महत्व हुन्छ । विशेषगरी युवाहरुले प्रेम प्रस्ताव राख्दा प्रयोग गर्ने रातो गुलावको प्रयोग पछिल्लो समय बढेको छ ।

नेपालमा भ्यालेन्टाइन डे मनाउने प्रचलन बढेसँग  प्रेमको प्रतिक मानिने   रातो गुलावको माग पनि बढेको हो । यस बर्ष रातो गुलाबको माग १५ प्रतिशतले बढेको एशोशिएसनले जानकारी छ । भ्यालेनटाइन डेमा नेपालभर २ लाख भन्दा बढीको गुलाब खपत भएको थियो । त्यसमध्ये १ लाख स्वदेशी र अन्य आयातित हुन् ।

नेपालमा उत्पादीत गुलाबले माग थेग्न नसक्ने भएकोले भारतबाट आयात गर्न लागिएको बताइएको छ । एसोसिएसनका अनुसार यस बर्ष १ लाख ५० हजारओटा गुलाब ल्याइने भएको छ । रातो गुलाबको मूल्य अन्य समयमा प्रतिगोटा १५ देखि २५ पर्छ भने भ्यालेन्टाइन डेमा ५० देखि ८० रुपैयाँ सम्म पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL