Logo

संविधानको प्रक्रियाले गति लिएसँगै नेप्से बढ्यो , १ अर्ब ८ करोडको कारोबार

संविधानको प्रक्रियाले गति लिएसँगै नेप्से बढ्यो , १ अर्ब ८ करोडको कारोबार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

११ माघ, काठमाडौं । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान निर्माणमा जारी गतिरोध अन्त्य गर्ने गरी प्रस्ताव समिति घोषणा गरेपछि सेयर बजारमा सकारात्मक प्रभाव परेको छ । आइतवार नेप्से परिसूचक ९ दशमलव ८१ अङ्क बढेर ९ सय ६९ दशमलव शुन्य ५ अङ्कमा पुगेको छ ।

आइतवार नेप्से १ प्रतिशतभन्दा धेरैले बढ्दा वाणिज्य बैङ्कका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । त्यसपछि विकास बैङ्क र नेपाल टेलिकमकामे शेयर मूल्य पनि महँगिएको छ । नेप्सेको वर्गिकरण अनुसार ‘क’ वर्गमा परेका कम्पनीको शेयरमूल्य अन्य साना कम्पनीको तुलनामा बढी महँगिएको देखिन्छ ।

आइतवार नेप्सेमा १ अर्ब ८ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसमध्ये नेपाल इन्भेष्टमेण्ट बैङ्कको ८२ करोड १ लाख २४ हजार रुपैयाँको संस्थापक सेयर व्यापार भएको छ । यसले गर्दा नेप्सेको दैनिक कारोबार रकम उच्च देखिएको हो ।

आइतवार नेप्सेमा १ सय ३९ कम्पनीका ८१ करोड ९३ लाख ८१ हजार कित्ता सेयर व्यापार भयो । संविधान सभाले नयाँ संविधान निर्माणको बाटो लिएपछि लगानीकर्ताको मनोबल बढ्दा नेप्से पनि उकालो लागेको जानकारहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL