Logo

नेपालमा ५ सय तथा हजार भारु चल्ने,एक पटकमा २५ हजार मात्र छिर्न दिइने

नेपालमा ५ सय तथा हजार भारु चल्ने,एक पटकमा २५ हजार मात्र छिर्न दिइने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१० माघ, काठमाडौं । नेपालमा भारतीय ५ सय र हजारका नोट चल्ने भएको छ । बिहीवार पुरानो नियम परिवर्तन गर्दै भारतीय रिजर्व बैंकले नेपालमा ५ सय र १ हजारका नोट खुल्ला गरेको हो ।

बैंकले एक पटकमा २५ हजार भारतीय रुपैयाँसम्म नेपाल छिर्न दिने बताएको छ । यो सीमा ठूला नोटमा मात्र लागुहुने बताइएको छ । १ सय रुपैयाँसम्मका भारतीय नोट भने जति पनि भित्रयाउन सकिन्छ ।

 भारतबाट नेपाल यात्रा गर्दा हुने अप्ठ्यारोलाई मध्यनजर गर्दै यस्तो गरिएको बैंकको सूचनामा उल्लेख छ । भारतीय केन्द्रीय बैंकले ठूला दरका नोट नेपाल भित्र्याउन पाइने जानकारी सहितको पत्र नेपाल राष्ट्र बैंकलाई शुक्रवार पठाएको थियो ।

भारतले नेपालसँगै भुटानका लागि पनि नोट खुल्ला गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL