Logo

ग्यास अभाव हटाउन सरकार अग्रसर, आइतवारदेखि नेशनल ट्रेडिङबाट वितरण गरिदै

ग्यास अभाव हटाउन सरकार अग्रसर, आइतवारदेखि नेशनल ट्रेडिङबाट वितरण गरिदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

९ माघ, काठमाडौं । सरकारले आइतवारदेखि ग्यासको अभाव कम गर्न नेशनल ट्रेडिङको जग्गामा स्टल राखेर ग्यास विक्री गर्ने भएको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालय, ग्यास बिक्रेता महासंघ, नेपाल आयल निगम र  उद्योगीको सयुक्त प्रयासमा तीन दिनसम्म बिहान ११ बजेदेखी ५ बजेसम्म ग्यास वितरण गर्न लागिएको महासंघका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले जानकारी दिए ।
सरकार तथा निजीक्षेत्रसँग भएको छलफल कार्यक्रम सबैले तीन दिनका लागि स्टल राखेर ग्यास विक्री गर्ने निर्णय गरेका हुन । अर्यालका अनुसार वाणिज्य मन्त्रीले निजीक्षेत्रका पदाधिकारीलाई बोलाएर तीन दिनसम्म सो क्षेत्रमा ग्यास विक्री गर्ने प्रस्ताव राखेका थिए । ‘त्यसलाई निगम तथा उद्योगी व्यवसायीले सकरात्मक रुपमा लिएका हुन्’ उनले भने ।

मन्त्रालय अहिले भएको ग्यास अभाव हटाउने भन्ने बारेमा निरन्तर लागिरहेको निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले बताए । त्यही अनुसार नेशनल टे«ेडिङको जग्गामा तीन दिनसम्म ग्यास विक्री गर्न लागेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL