Logo

उद्योगमन्त्री भन्छन्, व्यवसायी र सरकार माग्ने र दिने होइन, सहकार्य गरेर अघि बढ्नुपर्छ

उद्योगमन्त्री भन्छन्, व्यवसायी र सरकार माग्ने र दिने होइन, सहकार्य गरेर अघि बढ्नुपर्छ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

४ माघ, काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले उद्योग क्षेत्रको विकासका लागि उद्योगी र सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको ११ औँ साधारण सभाको उद्घाटन गदैँ उनले सो कुरा बताएका हुन् । ‘उद्योगमा देखिएका समस्याको निराकरणका लागि उद्योगी र सरकारबीच सहकार्यको पहल कदमी हुनु जरुरी छ,’ उनले भने, ‘अब उद्योगी र सरकार, माग्ने र दिने होइन सहकार्य र सहअस्तिवका आधारमा अगाडी बढ्नुपर्छ ।’

मन्त्री बस्नेतले दाङको विजौरी, संग्राममा विशेष आर्थिक क्षेत्र (सेज)को स्थापनाका लागि पहल भइरहेको समेत जानकारी दिए । ‘२०४५ साल यता देशमा उद्योग क्षेत्र स्थापनाका लागि पहल भएको थिएन,’ उनले भने, ‘यो सरकारले भैरहवामा सेज स्थापनाको कार्य आरम्भ गरिसकेको छ ।’

हाल वन ऐन र कानुन सेज स्थापनाका लागि वाधक भएको उनको भनाइ थियो । उद्योग मैत्री वातावरण बनाउन मन्त्रालय लागिपरेको बताउँदै हाल नीतिगत सुधार गर्ने काम प्रक्रियामा रहेको र स्वदेशी वस्तु उपयोग सम्बन्धी निर्देशिका, औद्योगिक व्यवसाय ऐन तर्जुमाको काम अन्तिम चरणमा रहको बताए ।

यातायात र उद्योग क्षेत्रमा रहेको सिन्डिकेट तोड्न आग्रह गदैँ विद्यमा सवै सबै खाले सिन्डिकेट तोड्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडे, महासचिव दिपक सुवेदी लगायतका व्यक्ताहरुले मन्तव्य दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL