Logo

रहेनन् एफएनसीसीआइका पूर्व अध्यक्ष इन्द्रभक्त श्रेष्ठ, आजै आर्यघाटमा अन्तिम दाहसस्कार

रहेनन् एफएनसीसीआइका पूर्व अध्यक्ष इन्द्रभक्त श्रेष्ठ, आजै आर्यघाटमा अन्तिम दाहसस्कार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३ माघ, काठमाडौं । व्यवसायी इन्द्रभक्त श्रेष्ठको शनिबार विहान निधन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका श्रष्ठको शनिबार विहान नर्भिक अस्पतालमा निधन भएको हो । ९१ वर्षीय श्रेष्ठलाई निमोनिया र श्वास प्रश्वास सम्बन्धी रोग लागेको थियो । श्रेष्ठको शनिबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।

एनई ग्रुपका चेयरम्यान तथा सस्थापक श्रेष्ठ २०३७ सालसम्म महासंघको अध्यक्ष बनेका थिए । त्यसअघि उनी नेपाल चेम्बर अफ कमर्शको २ कार्यकाल अध्यक्ष समेत भएका थिए ।  उनी चेम्बर आन्दोलनका अभियन्ताको रुपमा उनी चिनिन्थे ।

श्रेष्ठका २ छोरा र ५ छोरी छन् । काठमाडौंका स्थानीय व्यवसायी श्रेष्ठले विभिन्न संघसंस्थामा लामो समय काम गरे । व्यवसायिक घरानामा जन्मिएका श्रेष्ठ सामाजिक सेवामा निकै क्रियाशिल व्यक्ति थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL