जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरुलाई शहीद घोषणा गर्ने सरकारको निर्णय, प्रतिव्यक्ति १० लाख दिने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्तिलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । मुख्यसचिव एकनारायण अर्यालले आज प्रधानमन्त्रीको सपथग्रहणका क्रममा २३ र २४ गते भएको आन्दोलनमा मारिएका प्रत्येक व्यक्तिलाई शहीद घोषणा गर्ने र प्रतिव्यक्ति १० लाख दिने निर्णय भएको जानकारी दिएका हुन् । यो आन्दोलनमा हालसम्म ७२ जनाले ज्यान गुमाएका छन् ।