Logo

नेपाल ब्राजिल चेम्बर अफ कमर्श गठन, अध्यक्षमा चापागाई

नेपाल ब्राजिल चेम्बर अफ कमर्श गठन, अध्यक्षमा चापागाई


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
२९ पुस, काठमाडौं । नेपाल ब्रजिल कमर्सको स्थापना भएको छ ।  ब्राजिल र नेपालबीच आर्थिक एवं व्यवसायीक सम्बन्ध बिस्तार गर्ने उद्देश्यले नेपाल ब्राजिल अफ कमर्शको स्थापना भएको हो । चेम्बरको अध्यक्षमा अखिल कुमार चापागाई निर्वाचित भएका छन् ।
मंगलवार एक कार्यक्रमविच नव गठित चेम्बरको उद्घाटन वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले गरे । कार्यक्रममा मन्त्री थापाले चेम्वरले नेपाल ब्राजिल बिचको सम्बन्धलाई आगामी दिन अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।
साथै दुई देश बीचको व्यापार आदान प्रदानलाई थप सहयोग गर्न चेम्बर सफल रहने बताए । अध्यक्ष चापागाइले जलस्रोत पर्यटन साथै कृषि जन्य बस्तुहरुको निकासी एवं पैठारी लगानी अभिवृद्धि गर्न सकिने भन्दै ब्राजिल सँगको व्यापार घाटा कम गर्दै कसरी नेपाली बस्तुहरुको निकासीलाई बढवा दिने भन्ने विषयमा चेम्बर केन्द्रित रहने  बताए ।
 

सन २०१३ मा ५९हजार मिलीयन डलरको आयात भएकोमा नेपालको तर्फबाट १सय १६ मिलियन डलर बराबरको निकासी भएको बताइएको छ । नेपालबाट निकासी हुनेमा गलैचा प्रमुख बस्तुको रुपमा रहेको छ । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डे ,नेपालका लागि ब्राजिल एम्बेसीका चार्जडि अफर्यस भेरिडना लहमास डे एभेलर फरमान्डेस लागायतको उपस्थिती रहेको थियो ।

कार्यसमितिका उपाध्यक्षमा क्रमश मीनमान श्रेष्ठ, विनय उपाध्याय र एस के श्रेष्ठ रहेका छन् । त्यस्तै  महासचिवमा किरण मुडभरी कोषाध्यक्षमा उमेश रायमाझी सचिवमा जय सिवाकोटी र चाङ अग्रवाल रहेका छन् । सदस्यहरुमा अनोज रिमाल भरत आचार्य विदुर धमला, जनक खनाल, समिर थापा, राकेश श्रेष्ठ, शिवहरी दंगाल र खगेन्द्र सिटौला रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL