Logo

निर्यात बढाउन थप इन्सेन्टिभ दिँदै अर्थ मन्त्रालय, सहुलियतको निर्यात कर्जा दिर्घकालिन बनाउन व्यवसायीको माग

निर्यात बढाउन थप इन्सेन्टिभ दिँदै अर्थ मन्त्रालय, सहुलियतको निर्यात कर्जा दिर्घकालिन बनाउन व्यवसायीको माग


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२८ पुस, काठमडौं । निर्यात बढाउनका लागि थप इन्सिेन्टिस दिइने अर्थमन्त्री डा रामशरण महतले बताए । ‘आयातको तुलनामा निर्यातको स्थिति कमजोर भएकोले निर्यात बढाउन सरकारले गृहकार्य गरिरहेको छ,’ आइतबार तयारी पोशाक उद्योग संघसँगको भेटमा उनले भने, ‘निर्यात बृद्धिका लागि सरकार नगद प्रोत्साहनसहित अन्य सुविधाहरु पनि दिन तयार छ ।’

निर्यात बृद्धिका लागि सरकार उदार रहेको जानकारी दिदै निर्यात योग्य उद्योगका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । ‘जुन हिसावले निर्यात घटेको  छ, यो एकदमै नराम्रो हो,’ उनले भने, ‘निर्यात बृद्धिका लागि तपाईहरु अध्ययन गरेर ठोस निश्कर्षसहित आउनुहोस सरकार सदासयता सहयोग गर्न  तयार छ ।’

तयारी पोशाक उद्योगको स्तरोन्नति गर्न, बढीभन्दा बढी स्थानीय भ्यालु एड हुने काम गर्न र अहिलेको तुलनामा थप गरेर निर्यातमा प्रोत्साहनका प्याकेज ल्याउने तयारी भैरहेको समेत उनले जानकारी दिए ।

हाल जीएसपी सुविधाका लागि अमेरिकासँग कुरा गरिने बताउँदै उनले आगामी फेब्रुअरीमा हुने भारतसँगको व्यापार वार्तामा पनि तयारी पोशाकका बारेमा छलफल गरिने बताए । सो अवसरमा निर्यात बृद्धिका लागि वाणिज्य मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई अध्ययन गर्न अर्थमन्त्रालयको तर्फबाट भनिसकेको समेत उनले जानकारी दिए ।

वाणिज्य मन्त्रालयबाट निर्यात बृद्धिका सम्वन्धमा कुनै सुझाव नआएको बताए । निर्यातका सुविधा तथा प्रोत्साहनका कार्यक्रमहरु उपलब्ध गराउँदा निर्यात बृद्धिको लक्ष्यसहित आएमा सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।

तयारी उद्योगलाई प्रोत्साहन गर्न शिलाई प्रशिक्षण केन्द्रका लागि सरकारले आवश्यक बजेट दिन उनले जानकारी गराए । चालू आर्थिक बर्षको बजेटमा स्वदेशी कपडा उद्योगलाई विभिन्न कर छुट तथा केही संरक्षण समेत गरेको हुँदा व्यवसायीलाई कपडा उद्योग खोल्न समेत आग्रह गरे ।

सो अवसरमा संघका पदाधिकारीहरुले उर्जा, कर्जा र प्रोत्साहनको व्यवस्था गरिदिन अर्थमन्त्री समक्ष आग्रह गरेका थिए । यस्तै, तयारी पोशाक व्यवसायीहरुले साढे ४ प्रतिशत ब्याजमा पाइरहेको निर्यात कर्जा अल्पकालिन नभएर दीर्घकालिन हुनुपर्ने उनीहरुको माग थियो । निर्यातमा नगद प्रोत्साहन, सहुलियत दरको व्याजमा कर्जा प्राप्ति, निर्यातमा सरकारी पहल हुने र पूर्वाधार विकासमा केही प्रोत्साहन दिने हो भने आगामी तीन बर्षमा तयारी पोशाक निर्यात दोब्बर गर्न सकिने संघका अध्यक्ष चण्डीप्रसाद अर्यालले  बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL