Logo

शर्माको शवलाई अन्तिम श्रद्धान्जलीका लागि अनमोल क्याटरिङमा राखिने, ३ बजे आर्यघाटमा दाहसस्कार

शर्माको शवलाई अन्तिम श्रद्धान्जलीका लागि अनमोल क्याटरिङमा राखिने, ३ बजे आर्यघाटमा दाहसस्कार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२८ पुस, काठमाडौं । स्वर्गीय बीएल शर्माको शवलाई अन्तिम श्रद्धान्जलीका लागि भोली अनोमोल क्याटरिङ बानेश्वरमा राखिने भएको छ । उनको शवलाई विहान ९ बजेदेखि १२ बजेसम्म उक्त क्याटरिङ स्थलमा राखिने भएको हो । उनी अनमोल क्याटरिङ सर्भिसका अध्यक्ष तथा आम्रपाली बेन्केटका संचालक थिए ।

यसैगरी, शर्माको शवलाई भोली दिउँसो ३ बजे दाहसस्कारका लागि पशुपति आर्यघाटमा लगिने भएको छ ।

नेपाली क्याटरिङ व्यवसायका जन्मदाता शर्माको आइतबार विहान निधन भएको थियो । विक्रम संवत १९८१ मा जन्मिएका शर्माको ९० वर्षको उमेरमा निधन भएको हो ।

शर्मा निजीस्तरबाट मिठाइ व्यवसाय संचालन गर्ने पनि पहिलो व्यक्ति समेत हुन् । उनले संसद्मा लगातार ३० वर्षसम्म क्यान्टिन समेत चलाएका थिए । यसैगरी, उनले नेपालमा पहिलो पटक कलकत्ता–काठमाडौं विमान सेवा शुरु गरेका थिए ।
स्वर्गीय शर्माको नेपालको व्यवसायिक क्षेत्रमा निकै ठूलो योगदान रहेको छ । राजा महेन्द्रको पालामा नेपालमा बिरला ग्रुप भित्र्याउनका लागि मुख्य भुमिका  खेलेका शर्माले त्रिवेणी सिमेन्ट स्थापनाका साथै काठमाडौं, सिमरा, भैरहवा, पोखरा, नेपालगञ्ज र दाङको विमानस्थल निर्माणमा मुख्य योगदान दिएका थिए ।

राजनीतिक क्षेत्रमा समेत संलग्न शर्माको विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्धता रहेको थियो । उनले दर्जनौं सामाजिक संस्थामा संस्थापक तथा आजीवन सदस्य रहेर नेतृत्व गरेका थिए । उनले त्रिशक्ति पट्ट, सेवापदकलगायतका दर्जनौं मानपदवी समेत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL