Logo

एनआरएनका अध्यक्ष घलेले स्थापना गरे १ अर्वको परोपकारी कोष, शिक्षा र स्वास्थ्यमा सहयोग

एनआरएनका अध्यक्ष घलेले स्थापना गरे १ अर्वको परोपकारी कोष, शिक्षा र स्वास्थ्यमा सहयोग


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२४ पुस, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष शेष घलेले १ अर्ब रुयैंयाको परोपकारी कोष स्थापना गर्ने घोषणा गरेका छन् । नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्य अनरुप उक्त कोष स्थापना गरेका हुन् ।

आज राजधानीमा पत्रकार सम्मेलन गरेर कोषको घोषणा गरेका हुन् । एमआइपी ग्रुप फाउेण्डेशनमार्फत् कोष सञ्चालन गर्ने घलेले बताए ।

एनआरएनले नेपालमा खासै लगानी गर्न नसकेको भन्दै आलोचना भइरहेको बेला अध्यक्ष घलेले १ अर्व रुपैंयाको परोपकारी कोष स्थापनाको घोषणा गरेका हुन् ।

यसैगरी अध्यक्ष घलेकै नेतृत्वमा काठमाडौंमा एनआरएनको भवन निर्माण गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL