Logo

काँक्रेविहार बैङ्कले ५५ करोड ७८ लाख रुपैँयाको कारोबार, अघिल्लो वर्षको तुलनामा १२ करोड रुपैया वृद्धि

काँक्रेविहार बैङ्कले ५५ करोड ७८ लाख रुपैँयाको कारोबार, अघिल्लो वर्षको तुलनामा १२ करोड रुपैया वृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिचखबर संवाददाता । सुर्खेतमा रहेको काँक्रेविहार विकास बैङ्कले आव २०७९÷०७१ मा रु ५५ करोड ७८ लाख रुपैँयाको कारोबार गरेको जनाएको छ । अघिल्लो आवको तुलनामा करीब रु १२ करोड बढी रहेको सञ्चालक समितिले जनाएको छ ।

अघिल्लो आवमा बैङ्कले करीव रु ४३ करोड ८७ लाख कारेबार गरेको वार्षिक साधारणसभामा बैङ्क सञ्चालक समितिका अध्यक्ष छविलाल रानाले जानकारी दिए ।

चालू आवमा बैङ्कले रु ५५ करोड २६ लाखभन्दा बढी निक्षेप सङ्कलन रु ४४ करोड २३ लाखभन्दा बढी लगानी गर्ने लक्ष्य राखेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL