Logo

महलाई निर्यात योग्य सूचीबाट हटाईँदै, मौरी पालन संघ आन्दोलनमा उत्रने

महलाई निर्यात योग्य सूचीबाट हटाईँदै, मौरी पालन संघ आन्दोलनमा उत्रने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२० पुस, काठमाडौं । सरकारले महलाई नर्यात योग्य व्यापार रणनीतिको सूचीबाट हटाउन लागेको भन्दै नेपाल मौरी पालन केन्द्रिय सहकारी संघले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । सरकारले एटीआइएसीको सूचीबाट हटाएर नेपालको मौरी पालन व्यवासायीलाई धरासायी बनाउन लागेको भन्दै संघले आन्दोलन गर्ने चेतावनी दिएको हो ।

‘अन्तराष्ट्रिय बजारमा नेपाली महको बढ्दो माग र मौरीपालनले व्यवसायिक रुप लिइरहेको बेला राज्यले मौरी पालन व्यवसायीलाई धरासायी बनाउन बाणिज्य तथा आपूर्ति विभाग अन्तरगतका एनटीआइसीको सूची बाट हटाउने षडयन्त्र भइरहेको छ,’ संघ अध्यक्ष अर्जुन पोखरेलले भने, ‘हाल सरकाले हाम्रो पेशालाई नै धरासयी बनाउन लागिरहेको छ ।’

एनटीआइएले ५ हजार रुपियाँ बराबरको पनि मह निर्यात नभएको झुटा र गलत तथ्याङ्क देखाएर राज्यले षडयन्त्र गरिरहेको अध्यक्ष पोखरेलको आरोप छ । उनले  नेपालमा उत्पादित महलाई (एनटीआइसी)को सूची बाट जर्बजस्ती हटाइए सिंहदरबार घेर्ने देखि सडक आन्दोलनमा जान संघ बाध्य हुने चेतावनी दिए ।

राज्यले अन्तराष्ट्रिय मापदण्ड अनुरुपको महको केन्द्रिय परीक्षण प्रयोगशालाको व्यवस्था नगर्दा नेपालको मह अन्तराष्ट्रिय बजारमा पु¥याउन व्यवसायिक रुपमा अप्ठ्यारो भइरहेको समेत उनले जानकारी दिए ।

हाल विभिन्न ३० जिल्लामा ९८ वटा प्रारम्भिक सहकारीहरुबाट करिब १ लाख ३० हजार गोलाको झण्ड १ अर्बको मह उत्पादन भइरहेको संघले जानकारी दिएको छ । यस पेशामा करिब ४ हजार किसान प्रत्यक्ष संलग्न रहेका छन् भने ४ हजार ५ सय घर परिवार र दश हजार भन्दा बढी जनसंख्या यस पेशामा निर्भर रहेको समेत संघलेको भनाइ छ । यदि  सरकाले सूचीबाट हटाए कृषकहरु बेरोजगार हुने अध्यक्ष पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL