Logo

जेसीबीको ‘रुलर क्याम्पेनिङ’ कार्यक्रम शुरु, १५ जिल्लामा कार्यक्रम संचालन

जेसीबीको ‘रुलर क्याम्पेनिङ’ कार्यक्रम शुरु, १५ जिल्लामा कार्यक्रम संचालन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२० पुस, काठमाडौं । जेसीबीले ‘रुलर क्यापेनिङ’ कार्यक्रम शुरु गरेको छ । जेसीबीको नेपालका लागि आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेज र सेजीवी इण्डीयाले संयुक्त रुपमा उक्त कार्यक्रम शुरु गरेका हुन् ।

कार्यक्रमको माध्यमबाट ग्राहकहरुलाई थोरै लगानीमा जेसीवीको मेसिन खरिद गरी आफनो आयस्रोत र जीवनस्तर उकास्न सहज हुने जानकारी दिइएको थियो । कम्पनीले ग्राहकको जिज्ञासा मेटाउन एउटा ब्याक्हो लोडर पनि डिस्प्लेमा राखेको थियो भने मेसिनको अट्याचमेन्ट्स, पार्टस् सर्भिस् लगायतबो बारेमा पनि जानकारी गराएको थियो ।

कम्पनीले सो कार्यक्रम मार्फत ग्रामीण भेगका मानिसहरुले पनि जेसीबीको मेसिनमा लगानी गरी आर्थिक समृद्धि पाउने तथा ग्रामीण विकासमा पनि मदत पुयाउने लक्ष्य  लिएको छ । हाल कम्पनीले १५ वटा जिल्लामा यस्तो कार्यक्रम संचालन गर्ने भएको छ ।

कम्पनीले नेपालमा ९ वटा शाखासंगै १ सय ५० जना कर्मचारी तथा दक्ष शीपयुक्त इन्जिनियरबाट सेवा प्रदान गर्दै आएको छ । यसैगरी, कम्पनीले विश्वका १ सय ५० देशमा २२ भन्दा बढी फयाक्ट्र«ीमा ३ सयभन्दा बढी प्रकारको मेसिन उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL