Logo

बुधबारदेखि दूधको मूल्य बढ्यो, अब निलो प्याकेटको ३२ र हरियो प्याकेटको ४० रुपैया

बुधबारदेखि दूधको मूल्य बढ्यो, अब निलो प्याकेटको ३२ र हरियो प्याकेटको ४० रुपैया


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१६ पुस, काठमाडाौं । दूग्ध विकास संस्थान (डीडीसी) ले आजदेखि लागू हुने गरी दूधको म्ु्ल्यमा प्रतिलिटर रु ८ देखि १० सम्म बढाएको छ ।

संस्थान सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले दूधको मुल्य बढाउने निर्णय गरेको हो । नीलो प्याकेटको दूधको मूल्यमा प्रतिलिटर रु ८ र हरियो प्याकेटको दूधको मूल्यमा प्रतिलिटर रु १० बढाएको छ ।

उपभोक्ताले नीलो प्याकेटको दूध प्रतिप्याकेट रु ३२ र हरियो प्याकेटको दूध प्रतिप्याकेट रु ४० तिर्नु पर्ने छ । यस अघि प्रति प्याकेट रु २८ र ३५ थियो ।
कृषकले दूधको मूल्य बढाउन दिएको दबाबका कारण मूल्य वृद्धि गर्न बाध्य भएको संस्थानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL