Logo

बससेवाबाट टिकट काट्दा ५ प्रतिशत छुट, छुट योजना १४ तारिखसम्म मात्र

बससेवाबाट टिकट काट्दा ५ प्रतिशत छुट, छुट योजना १४ तारिखसम्म मात्र


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१५ पुस, काठमाडौं । बससेवा डटकमले अंग्रेजी नया“ वर्षको अवसरमा टिकट काट्दा ५ प्रतिशत छुट दिने भएको छ । यो योजना आजदेखि १४ तारिखसम्म लागु हुने बससेवा डटकमले जानकरी दिएको छ ।

अंग्रेजी नयाँ वर्ष भएपनि यो अन्तरराष्ट्रिय रूपमा मनाइने गरेको र नेपालमा पनि यसलाई आधार मानेर धेरैकाम हुनेहुदा नेपाली यात्रुहरूमा नयाँ  वर्षको खुसीयाली साट्नको लागि छुट योजना संचालन गरिएको बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पर्शुराम खनालले बताए ।

बससेवाले विगत छ महिनादेखि नेपालमा अनलाइनबाट बस टिकट काट्न सकिने प्रविधिको सुरूवात् गर्दै आएको छ । जसको माध्यमबाट आफु जाने बसको टिकट घरमै बसेर वा नजिकैको साइबर, कम्युनिकेशन सेन्टर तथा ट्राभल एजेन्सीबाट टिकट खरिद गर्न सकिन्छ ।

बससेवाले हाल देशभरका १ सय भन्दा बढि यातायात व्यवसायीहरूसँगको सहकार्यमा देशका मुख्य रूटहरूमा बसको टिकट काउन्टरको दरमा नै अनलाइनमार्फत् उपलब्ध गराउदै आएको छ । विशेषगरी उसले डिलक्स् तथा एसी गाडिहरूको टिकट उपलब्ध गराउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL