Logo

उद्योग मन्त्री भन्छन, ‘स्टार्ट अप फण्ड’ उद्योग मन्त्रालय अन्तरगत संचालन गरिनुपर्छ

उद्योग मन्त्री भन्छन, ‘स्टार्ट अप फण्ड’ उद्योग मन्त्रालय अन्तरगत संचालन गरिनुपर्छ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

११ पुस, काटमाडौं । उद्योगमन्त्री महेश बस्नेतले नविन विचार कोष (स्टार्ट अप फण्ड) को हकदार उद्योग मन्त्रालयको रहेको बताएका छन् । हाल सञ्चालनको तयारीमा रहेको उक्त कोष सरकारले नविन विचार भएका तर लगानी योग्य पूँजी भएका आविष्कारक तथा उद्यमीलाई प्रोत्साहन गर्न चालू आवको बजेट वक्तव्य मार्फत ल्याएको थियो ।

उद्योग मन्त्रालयको आन्तरिक बैंठकमा उलने यस कोष उद्योगीका लागि ल्याउन लागिएकाले यसका हकदार उद्योग मन्त्रालय नै हुनुपर्ने दावी गरेका छन् । ‘यस कार्यक्रम अन्तरगत हामी नविन सृजना र आविष्कारमा आधारित उद्योगमा युवाको सहभागिताका साथै लागानी प्रर्वद्धनमा लागेका छौँ । तर यस कार्यक्रम सञ्चालन गर्न अर्थमन्त्रालयका कारण ढिलाइ भइरहेको छ,’ उनले भने, ‘ विषय विज्ञका हिसाबले समेत यो कोष सञ्चालनको हकदार उद्योग मन्त्रालय हो ।’

मन्त्री बस्नेतले नेपालमा विज्ञान–प्रविधि तथा सूचना–सञ्चार लगायतको विषयमा काम गरिरहेका नविन प्रतिभाहरुको खोजी गरी उनीहरुका सोच र सृजनालाई औद्योगिक उत्पादनमा रुपान्तरण गर्ने लक्ष्य अन्तर्गत कोष सञ्चालन गर्ने तयारी भइरकोे बताए । अर्थमन्त्रालयले सञ्चालन गरेको युवा स्वोरोजगार कार्यक्रम त्यति प्रभावकारि नभएको भन्दै आगामी दिनमा यस्ता कार्यक्रम संचालन गर्न अर्थमन्त्रालयले चासो देखाउनु भन्दा सरोकारवाला मन्त्रालयलाई सञ्चालन गर्न दिनुपर्ने उनको भनाइ थियो ।

८१

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL