Logo

कर्मचारी सञ्चयकोषको भवन जिअ एग्रोले भाडामा लियो, १५ वर्षको सम्झौता

कर्मचारी सञ्चयकोषको भवन जिअ एग्रोले भाडामा लियो, १५ वर्षको सम्झौता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

९ पुस, काठमाडौं । जिअ एग्रोले कर्मचारी सञ्चयकोषको भवन भाडामा लिएको छ । उसले कोषले लगनखेलमा बनाएको व्यवसायीक भवन भाडामा लिएको हो । सो भवन १५ वर्षका लागि भाडामा लिइएको कम्पनीले बताएको छ ।

बुधबार सञ्चय कोषका प्रशासक कृष्णप्रसाद आचार्य र जिअ एग्रोका नेपाल डंगोलले उक्त संझौतामा हस्ताक्षर गरेका थिए ।

६ रोपनी ८ आना जग्गामा निर्मित उक्त भवनमा एक तल्लाको बेसमेण्ट पार्किङ सहित ९ तल्ला रहेको छ ।

भवनको पहिलो ३ तल्ला व्यापारिक प्रयोग, त्यसपछीका ३ तल्ला कार्यालय÷व्यवसायिक प्रयोजन र माथिल्लो दुई तल्ला रिभल्विङ्ग रेष्टुँराको लागी उपयुक्त हुने गरी निर्माण गरिएको छ । भवनमा लिफ्ट, स्कालेटर, ट्रान्सफरमर, सिसिटिभि, जेनेरेटर सहित अत्याधुनिक सुविधाहरु उपलब्ध छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL