Logo

पोखरामा १६ औं सडक महोत्सव, पुस १३ देखि १७ सम्म

पोखरामा १६ औं सडक महोत्सव, पुस १३ देखि १७ सम्म


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

८ पुस, काठमाडौं । पोखरा सडक महोत्सव हुने भएको छ ।  रेस्टुराँ एन्ड बार एसोसियसनले (रेबान) यही पुस १३ गतेदेखि १७ गतेसम्म आयोजना गर्न लागेको हो ।
पत्रकार सम्मेलन गरी महोत्सवको विषयममा आयोजकले जानकारी दिएको हो । प्रत्येक वर्ष पोखराको फेवाताल लेकसाइडलाई समेटेर महोत्सव गरिदै आएको छ ।

Pokhra street  पोखराको सहिद चोकदेखि खहरे डिहिकोपाटनसम्मको करिब साढे तीन किलोमिटर क्षेत्रको सडकमा रेस्टुराँ राखी महोत्सव आयोजना हुन्छ । महोत्सव सम्पन्न गर्न चौबहादुर गुरुङको संयोजकत्वमा २४ सदस्यीय व्यवस्थापन मुल समिति गठन गरिएको छ । पोखरा सडक महोत्सव आयोजना गर्नुअघि अंग्रेजी नयाँ वर्ष मनाउन नेपालीहरु विदेश जाने चलन रहेकोमा अहिले धेरै विदेशी नयाँ वर्ष मनाउन नेपाल आउन थालेको महोत्सवका संयोजक चौबहादुर गुरुङले बताए ।

महोत्सवमा पोखराको विभिन्न सांस्कृतिक झाँकीको साथै खेलकुद प्रतियोगगिता गरिनेछ आयोजकले जनाएको छ । यसैगरी खुला बुद्धिचाल, वृत्तचित्र, फोटो प्रदर्शनी, पत्रकारकाबीचमा खेलकुद, देश विदेशमा ख्याती प्राप्त सांस्कृतिक समूहको कन्सर्ट महोत्सवहुने भएका छन् ।
महोत्सवलाई लक्षित गरेर होटल तथा रेस्टुराँमा विशेष छुट उपलब्ध गराउने आयोजक रेबानले जनाएको छ । यो सडक महोत्सव १६ औं संस्करण हो ।

प्रतिक्रिया दिनुहोस्
MBL