Logo

महासंघले शीर्षस्थ नेताको सहभागिताका संविधान वहश को आयोजना गर्दै, संविधान बनाउन थप दवाव पुग्ने

महासंघले शीर्षस्थ नेताको सहभागिताका संविधान वहश को आयोजना गर्दै, संविधान बनाउन थप दवाव पुग्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

६ पुस, काठमाडौं । नेपाल उद्योग  वाणिज्य महासंघले सोमबार काठमाडौंमा संविधान वहश आयोजना गर्ने भएको छ । घोषित मितिमै संविधान जारी गर्न राजनीतिक दलहरुमा थप दवाव सृजना गर्ने उद्देश्यले प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरुको प्रत्यक्ष सहभागितामा उक्त वहश आयोजना गर्न लागेको महासंघलेब बताएको छ  । मुलुक निर्माणको प्रमुख आधार संविधान निर्माण कार्यलाई अव कुनै पनि वहानामा पर धकेल्न नपाइने भन्दै उक्त आयोजना गरिएको महासंघद्वारा विज्ञप्तीमा उल्लेख छ ।

वहश कार्यक्रममा मुलुकका प्रमुख राजनीतिक दलहरु क्रमशः नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी(एमाले), एकिकृत नेपाल कम्युनिष्ट पार्टी(माओवादी), मधेशवादी दलहरु समेतको सहभागितामा हुनेछ । उक्त वहस कार्यक्रम दिउसो २ बजे होटल, सोल्टिमा हुनेछ ।

कार्यक्रममा राजनीतिक दलका नेताहरु सहित, समाजका लव्ध प्रतिष्ठित व्यक्तिहरु, उद्यमी व्यवसायीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, विभिन्न जिल्लाका उद्योग वाणिज्य संघका पदाधिकारीहरु, महासंघका वर्तमान तथा पूर्व पदाधिकारीहरु, कार्य समिति सदस्यहरुको सहभागिता रहने छ ।

मुलुकको आर्थिक विकास र समग्र हितको लागि नयां संविधान जारी गर्ने काममा ढिलाई गर्न नहुने र घोषित मितिमा नै संविधान जारी हुनुपर्नेमा निजी क्षेत्रको पनि जोड छ । घोषित मितिमै संविधान जारी नुहुने शंका बढेकाले थप दवाव दिनका लागि कार्यक्रम उपयोगी हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL