Logo

ऋण चुक्ता गर्न ७० सहकारीलाई अल्टिमेटम, ३५ दिनको समयसीमा

ऋण चुक्ता गर्न ७० सहकारीलाई अल्टिमेटम, ३५ दिनको समयसीमा



काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले ऋण चुक्ता गर्न ७० वटा सहकारीलाई ३५ दिने अल्टिमेटम दिएको छ । कोषले बुधबार एक सार्वजनिक सूचना जारी कोषलाई बुझाउनुपर्ने साँवा, ब्याज र हर्जाना सहितको सम्पूर्ण रकम ३५ दिनभित्र बुझाउन गर्न उक्त सहकारीहरुलाई अल्टिमेटम दिएको हो ।

laxmi

कोषले जारी गरेको सूचनामा भनिएको छ, ‘कोषसँग थोक कर्जा सम्झौता गरी लिएके ऋण आजको मितिसम्म पनि चुक्ता नभएकोले आजको मितिले ३५ दिनभित्र कोषलाई बुझाउनुपर्ने साँवा, ब्याज र हर्जाना सहितको सम्पूर्ण रकम बुझाउन यो सूचना प्रकाशित गरिएको छ ।’

तोकिएको समयमा रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति एवम् कर्जा उप–समितिको तीनपुस्ते विवरणसहित रकम असुलीका लागि कालोसूचीमा राख्ने कोषले चेतावनीसमेत दिएको छ ।

ऋण चुक्ता गर्नुपर्ने गरी कोषले निकालेको विवरणानुसार सबैभन्दा धेरै कर्णाली प्रदेशका २८ सहकारी रहेका जनाइएको छ । यसैगरी, कोशी प्रदेशका १४, मधेस प्रदेशका ११, बागमतीका १०, लुम्बिनीका चार तथा सुदूरपश्चिम प्रदेशका तीन सहकारी छन् ।

सात प्रदेशमध्ये गण्डकीमा सञ्चालनमा रहेका सहकारी यो सूचीमा परेका छैनन् । थोक कर्जा तिर्न बाँकी सहकारीमध्ये रकम बुझाइ हिसाब मिलान गर्न बाँकी भएमा कोषको सचिवालयमा आवश्यक भौचरसहित हिसाब मिलान गर्न पनि कोषले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL