Logo

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सिईओमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सिईओमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त



काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीको संचालक समितिको बैशाख २७ गते बसेको बैठकले नियुक्ति सिफारिस गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको थियो । प्राधिकरणले उक्त सिफारिस स्वीकृत गरेपछि उनी कम्पनीको सिईओमा नियुक्त भएका हुन् । प्राधिकरणले कम्पनीलाई जेठ ५ गते नै उनको नियुक्ती स्वीकृत गरिएको पत्र पठाएको थियो ।

त्यसपश्चान पुनः मंगलबार बसेको संचालक समितिको बैठकमा सिईओ युगेशभक्त बादे श्रेष्ठले कम्पनीका अध्यक्ष हेमराज ढकालबाट शपथ ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL