Logo

ज्योति क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त, १५ वर्षभन्दा बढीको कार्यानुभव

ज्योति क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त, १५ वर्षभन्दा बढीको कार्यानुभव



काठमाडौं । ज्योति क्यापिटलको अध्यक्षमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) कपिल ढकाल नियुक्त भएका छन् । ढकाल जेठ ३ गतेदेखि लागू हुनेगरी क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका हुन् ।

प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट् रहेका कपिल ढकालसँग डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यानुभव गरेको अनुभव रहेको छ ।

ढकालले एनआईसी एसिया क्यापिटल तथा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्षको रुपमा कार्यरत थिए । ढकालले बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्षभन्दा बढीको अनुभव बोकेका छन् ।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको यस क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ । यस क्यापिटलले चालु आव २०७९÷०८० को तेस्रो त्रैमाससम्म एक करोड २४ लाख ७१ हजार ३ सय ९ रुपैया मुनाफा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL