Logo

बजेटमाथि उठेका प्रश्नको आज प्रधानमन्त्रीले संसदमा जवाफ दिने

बजेटमाथि उठेका प्रश्नको आज प्रधानमन्त्रीले संसदमा जवाफ दिने



काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दै छ । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल जारी छ ।

संघीय संसद् भवन नयाँबानेश्वरमा प्रतिनिधि सभाको दोस्रो अधिवेशनको छैँटौ बैठक बिहान ११ बजे बस्नेछ । बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

बैठकमा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको थियो । उक्त छलफलमा प्रधानमन्त्रीले नियमावलीमा व्यवस्था भए बमोजिम प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीलाई अनुकूल हुने दिन निर्धारण गरेर प्रश्नोत्तर गर्ने सहमति भएको थियो ।

त्यसै सन्दर्भमा जेठ ४ गते (आज) प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुने तयारी गरेका हुन् । संसद्भित्र रहेका दलहरुको स्ट्रेन्थको आधारमा प्रश्नहरू प्रधानमन्त्रीलाई सोध्न पाउने छन् । यसैगरी, आजै प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ५३ बमोजिम ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL