Logo

रियल सेक्टर तथा उत्पादनमुलक क्षेत्रमा थप लगानी गर्न बैंकिङ क्षेत्र तयार छ : अध्यक्ष केसी

रियल सेक्टर तथा उत्पादनमुलक क्षेत्रमा थप लगानी गर्न बैंकिङ क्षेत्र तयार छ : अध्यक्ष केसी



काठमाडौं । नेपाल बैंकर्स एसोसिएसन अध्यक्ष सुनिल केसीले नेपाली बैंकहरु रियल सेक्टर तथा उत्पादनमुलक क्षेत्रमा थप लगानी थप्न तयार रहेको बताएका छन् ।

पनि छौं ।नेपाल राष्ट्र बैंकले ब्याजदर नियन्त्रण गर्न हदैसम्म प्रयास गरेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको मेक इन नेपाल स्वदेशी समिटलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालको बैंकिङ क्षेत्रको प्रदर्शनी उत्तम रहेको बताउँदै अध्यक्ष केसीले बैंकिङ क्षेत्रबाट प्रवाह भएको कर्जा कुल गार्हस्थ उत्पादन बराबर पुगिसक्दा कर्जाको वृद्धिअनुसार कुल गार्हस्थ उत्पादन बढ्न नसकेको जनाए । यसको कारणका रुपमा उत्पादनमुलक उद्योगले जीडीपीमा गर्ने योगदान घट्दै जानुलाई पनि लिन सकिने उनको धारणा थियो ।

‘विभिन्न तथ्यांकले नागरिकमा वित्तीय पुहँच र साक्षरता बढेको देखिन्छ । यस्तोमा उद्योगहरु आफैंले पनि अवसरको ससदुपयोग गर्न नसकेका हुन् कि भन्ने प्रश्न गर्न सकिन्छ । यथार्थ क्षेत्र र उत्पादनमुलक क्षेत्रलाई लगानी बढाउन सरकारले पनि प्राथमिकता तोकिदिने हो भने वित्तीय क्षेत्रबाट लाभ लिन सक्ने वातावरण सुधार हुन सक्छ’, अध्यक्ष केसीले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL