Logo

यात्री मोटरसाइकल पहिलो पटक दर्ता, पहिलो नम्बर प्लेट कम्पनीकै नाममा जारी

यात्री मोटरसाइकल पहिलो पटक दर्ता, पहिलो नम्बर प्लेट कम्पनीकै नाममा जारी



काठमाडौं । नेपालमै उत्पादन भएको पहिलो विद्युतीय मोटरसाइकल यात्री औपचारिक रुपमा पहिलो पटक दर्ता भएको छ । यात्री मोटरसाइकल सवारी तथा यातायात व्यवस्था ऐन, २०६० को संशोधन तथा नयाँ व्यवस्था थप गरेसँगै दर्ता भएर यात्रीले पहिलोपटक नम्बर प्लेट पाएको हो ।

यसअघि कानुनमा नेपालमा उत्पादन भएका सवारी साधन दर्ता गर्ने कानुनको अभावमा यातायत कार्यालयमा दर्ता हुन नसक्दा सरकारको आलोचना भएको थियो । संसदमा समेत यस विषयमा कुरा उठेपछि सरकारले फास्ट ट्रयाकमा कानुन संशोधन गर्दै नेपालमा उत्पादन भएका सवारी साधनको दर्ता हुने प्रक्रिया शुरु गरेको हो ।

पहिलो नम्बर प्लेट कम्पनीकै नाममा जारी भएकोमा अब क्रमशः विक्री भएका मोटरसाइकलहरुको समेत दर्ता हुने र नम्बर प्लेट दिन बाटो खुलेको छ । सन् २०१७ मा कम्पनी स्थापना गरि २०२१ देखि मोटरसाइकल उत्पादन थालेको यात्रीले पहिलोपटक आधिकारिकता पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL