Logo

अब एनओसी घरैबाट, यस्तो छ प्रक्रिया

अब एनओसी घरैबाट, यस्तो छ प्रक्रिया



काठमडौं । अनलाइनबाटै वैदेशिक अध्ययन अनुमतिपत्र नो अब्जेक्सन लेटर (एनओसी) लिन सकिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले अब घरैमा एनओसी पाईने बताएका हुन् ।

laxmi

भक्तपुर सानोठिमीस्थित एनओसी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा उनले विद्यार्थीहरूले घरमै बसेर अनलाइनमार्फत एनओसीका लागि आवेदन दिन सक्ने बताएका हुन् । साथै सम्पूर्ण प्रक्रिया पूरा भएपछि आफ्नो प्रमाणपत्र आफैंले प्रिन्ट गरी प्रयोग गर्न सकिने भएको छ । उक्त अनलाईन प्रणालीको आज उद्घाटन गरिएको हो ।

हाल यो प्रणाली ६० प्रतिशत मात्र तयार भएको छ भने बाँकी चाँडै नै टुंग्याउने मन्त्री राईले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL