Logo

महासंघ पदाधिकारी र श्रम मन्त्रीबीच भेट, युवाको सीप विकासमा जोड दिन सुझाव

महासंघ पदाधिकारी र श्रम मन्त्रीबीच भेट, युवाको सीप विकासमा जोड दिन सुझाव



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसमक्ष सीप विकासमा केन्द्रित हुनुपर्ने सुझाव दिएको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा महासंघको पदाधिकारी प्रतिनिधिमण्डल मन्त्री भण्डारीलाई भेट्दै उक्त सुझाव दिएको हो ।

laxmi

उक्त भेटमा महासंघका अध्यक्ष ढकालले श्रम बजारको माग अनुसारको सीप विकासमा जोड दिन आग्रह गरे । वैदेशिक रोजगारीमा जाँदा लिइने केही अव्यवहारिक नीति नियमको पुनरावलोकन हुनुुपर्ने पनि उनको माग थियो ।

सो अवसरमा महासंघका अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र मन्दीतर्फ गएको संकेत तथ्यांकहरुले पुष्टि गरीसकेकाले यो अवस्थामा उद्योग व्यवसाय संचालन र रोजगारीमा पर्न सक्ने प्रभावको न्यूनिकरण गर्न र सम्भावित समस्या सामना गर्न सरकार र निजी क्षेत्रको बलियो सहकार्य हुनुपर्ने बताए ।

भेटमा मन्त्री भण्डारीले महासंघकातर्फबाट राखिएका सुुझावका सम्बन्धमा मन्त्रालयका तर्फबाट गर्नुपर्ने नेतृत्वदायी भूमिकामा रहेर सहयोग गर्न सकारात्मक रहेको बताए ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारसँग सम्बन्धित नीति नियमलाई व्यवहारिक बनाउन आफू तयार रहेको र शीप विकास लगायतका श्रम क्षेत्रका सवै विषयमा निजी क्षेत्रको सरसल्लाहमा छलफल गरी काम गर्ने विश्वास दिलाए ।

प्रतिनिधिमण्डलमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्ष सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ र महानिर्देशकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL