Logo

कक्षा १२ को बार्षिक परीक्षा शुरू, चार लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी

कक्षा १२ को बार्षिक परीक्षा शुरू, चार लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी



काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आज (मंगलबार) देखि शुरू भएको छ । परीक्षा आज बिहान ८ बजेदेखि शुरू भएको छ ।

कक्षा १२ मा परीक्षामा चार लाख ६७ हजार ३८९ विद्यार्थीले रहेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिएका छन् । परीक्षाका लागि एक हजार ४५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा जेठ ५ गतेसम्म चल्ने छ ।

यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी छन् । कम नम्बर आएको विषयमा विषयमा ग्रेड वृद्धि परीक्षा दिनु पर्नेछ ।

तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै ६ विषयकै परीक्षा फाराम भरिएको थियो । तर‚ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL