Logo

स्वदेशी पूँजी परिचालन र विदेशी लगानी आकर्षित गर्न छुट्टै महासंघको स्थापना

स्वदेशी पूँजी परिचालन र विदेशी लगानी आकर्षित गर्न छुट्टै महासंघको स्थापना


रामराजा श्रेष्ठ
0
Shares

bizkhabar.com_mahasang

बिजखबर संवाददाता

३ पुस, काठमाडौं । स्देशी पूँजीको परिचालन तथा विदेशी लगानीलाई आकर्षित गर्न उद्देश्य अनुरुप नेपाल उद्योग तथा व्यवसायी महासंघको स्थापना भएको छ । देशमा उद्योग कलाकारखानाको विकास गर्न महासंघको स्थापना गरिएको महासंघका अध्यक्ष लक्ष्मीदाश मानन्धरले बताए । ‘अहिले देशमा उद्योग कलकारखाना फस्टाइरहेको छैन,’ महासंघद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यस महासंघ विधिबत रुपमा स्थापना भएपनि देशमा उद्योग कलकारखानाको विकास गर्न सहयोग गर्ने छ ।’

कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटि सदस्य मुकुन्द न्यौपानेले एमाले सम्बद्ध व्यवसायीहरुको संरक्षण तथा देशमा उद्योगको विकासका लागि महासंघ स्थापना गरिएको जानकारी दिए । देशको राजनीति मुलनीति र मुल कानुन संविधान भएको बताउँदै उनले अव देशले आर्थिक रुपमा गति लिने विश्वास व्यक्त गरे ।

महासंघका महासचिव श्रीचन्द शर्माले नेपाल अहिले राजनीतिक क्रान्तिलाई छोडेर आर्थिक क्रान्तिमा लागेको र यसको नेतृत्व नेकपा एमालेले लिने बताए । ‘अहिले उद्योगहरु पुर्नजागरण गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘उक्त आवश्यकता पुर्ति गर्नका लागि एमालेसँग आवद्ध व्यवसायीहरु सम्मिलित व्यवसायीको महासंघ गठन गरेका हौं ।’

महासंघमा उद्योग, होटल, पर्यटन, निर्माण, होटल तथा रेष्टुराँ, निर्माण सामग्रीलगायतका व्यवसायीहरुको आवद्धता रहेको छ । महासंघको शुक्रबार विधिवत रुपमा उद्घाटन हुँदैछ । उक्त कार्यक्रमको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL