Logo

मौलाउँदो सट्टेबाजी : ६ जना पक्राउ, ४१ करोड बढी कारोबार, डिजिटल वालेट माध्यम

मौलाउँदो सट्टेबाजी : ६ जना पक्राउ, ४१ करोड बढी कारोबार, डिजिटल वालेट माध्यम



काठमाडौं । सट्टेबाजी गराउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । वनएक्स बेटमार्फत सट्टेबाजी गराउने दिलीप सिंह कठायत, भुपालराज न्यौपाने, नयनराज भण्डारी, बरुनकुमार सिंह, शिवानी तामाङ, रोशन गुरुङ र बासुदेव पाण्डेलाई पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनीहरूमध्ये कोही महिना दिनदेखि सट्टेबाजीमा संलग्न थिए भने केही वर्षदिन देखि सट्टेबाजी गर्दै आएका थिए । प्रहरीका अनुसार ३५ जना व्यक्तिको नाममा खोलिएको डिजिटल वालेटहरूमा ४१ करोड १५ लाख ८९ हजार २७६ रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ ।

पक्राउ परेकाहरूबाट प्रहरीले ३४६ थान सिमकार्ड, १० थान मोबाइल, विभिन्न बैंकका ३ थान चेकबुक र १२ थान एटीएम र एक थान ल्यापटप बरामद गरेको छ । उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिमको कसूरअन्तर्गत थप अनुसन्धान र कारबाहीबा लागि जिल्ला प्रहरी परिसर भक्तपुर र टेकुमा पठाइएको प्रहरी उपरीक्षक एवं प्रवक्ता सोमेन्द्र सिंह राठौरले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL