Logo

सुनको मूल्यमा एकैदिन २९ सयको वृद्धि, अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बन्यो

सुनको मूल्यमा एकैदिन २९ सयको वृद्धि, अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बन्यो



काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य बढेर हालसम्मकै उच्च पुगेको छ। आज एकैदिन सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यको रेकर्ड राखेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेकोमा आज एकैदिन उच्च बढ्दै प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको हो । यसअघि गएको माघ १९ गते शुनको मूल्य हालसम्मकै उच्च १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढ्दै १३ सय ४५ रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL