Logo

सुर्खेत उडेको बुद्ध एयरको जहाजमा समस्या, वीरगञ्जबाट मोडेर काठमाडौं नै फर्काइयो

सुर्खेत उडेको बुद्ध एयरको जहाजमा समस्या, वीरगञ्जबाट मोडेर काठमाडौं नै फर्काइयो



काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । शनिबार बिहान बुद्ध एयरको यु–४१३३ जहाजमा समस्या देखिएपछि वीरगञ्जबाट मोडेर पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

laxmi

काठमाडौंबाट सुर्खेतका लागि उड्ने तयारी हुँदा पनि धावन मार्ग छाड्ने बेला उडान भर्न नसकेपछि पार्किङ गरिएको थियो । उक्त जहाजमा यात्रा गरिहेका पत्रकार दिपेन्द्र शर्माले फेसबुकमा स्टाटस लेख्दै आकाशमा उडिरहेको जहाजमा समस्या देखिएपछि पुनः काठमाडौंमै ल्याण्ड भएको जानकारी गराएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शुरुमा धावनमार्ग छोड्न लाग्दा रोकेर पार्किङमा राखियो । अनि ठिक छ भनेर पुनः उडाइयो आकाशमा उडिरहेको जहाजमा पुनः समस्या आयो अब ल्यान्डिङ्ग हुँदैछ नआत्तिनु होला भन्ने सूचना आयो । जिन्दगीको पनि कहाँ के भन्ने केहो पत्तो छैन । सरकार ?’ शर्माका अनुसार जहाजमा प्राविधिक समस्या भएको यात्रुलाई जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL