Logo

ट्राफिकले सार्वजनिक सवारीमा आरक्षित सिट कार्यान्वयनको अनुगमन शुरु ग¥यो, एकैदिन ९२ सवारीचालक कारवाहीमा

ट्राफिकले सार्वजनिक सवारीमा आरक्षित सिट कार्यान्वयनको अनुगमन शुरु ग¥यो, एकैदिन ९२ सवारीचालक कारवाहीमा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२ पुस, काठमाडौं । महानगरीय ट्राफिक प्रहरीले सार्वजनिक यातायातका सवारी साधनहरुमा आरक्षित सिट कार्यान्वयनको अनुगमन र चेकजाचलाई तिब्र रुपमा अघि बढाएको छ ।
सार्वजनिक सवारी साधनमा आरक्षण सिटको पुर्ण कार्यान्वयन नभएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबारबाट बिशेष अभियान सुरु गरेको छ । महाशाखालले उपत्यकाका विभिन्न स्थानमा आरक्षण सीट पालना नगर्ने ९२ जना सवारी चालकलाई कारवाही गरेको थियो ।

त्यस्तै, महाशाखाले ५ सय ६८ वटा सार्वजनिक सवारी चालकलाई सम्झाई बुझाई छाडिएको छ । सार्वजनीक सवारी साधनमा आरक्षण सिट नलेखेका ७४ वटा सवारी साधनलाई आरक्षण सिट लेख्न लगाईएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उपत्यका भित्र संचालन हुने सार्वजनीक सवारी साधनमा आरक्षण सिटको पुर्ण पालना गराउनका लागि महाशाखाले बिशेष टोली परिचालन गरी पालना नगर्नेलाई कारबाही गर्ने तथा सम्झाउने बुझाउने लगाएतका कार्यहरु संचालन गरेको हो ।

अनुगमनका क्रममा कतिपय सवारी साधनमा आरक्षण सिट समेत नलेखेको, यात्रुहरुले आरक्षण सिट सम्बन्धी वेवास्था गरेको र चालक तथा सहचालकले पनि आरक्षण सिट पालना गराउने सम्बन्धी ध्यान नदिएको पाईएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

के छ कानुनी व्यवस्था ?

सार्वजनिक यातयातका साधनहरुमा महिला तथा अशक्तहरुको लागी आरक्षित सिट राख्नु पर्ने व्यावस्था सवारी तथा यातयात व्यावस्था ऐन २०४९ को दफा १०७ मा छ । सार्वजनिक यातयात आचार संहिता २०६७ ले पनि यो विषयलाइ महत्व दिदै सार्वजनिक यातयातको साधनहरुमा ठूलो सवारी साधन भए सिट नं हरु क्रमश १,२,३,४,५,६, मझौला गाडी भए  १,२,३,४ र माइक्रो वसहरुमा १,२,३ नं का सिटहरु महिला तथा अशक्तहरुलाइ भनी छुट्टाइ आरक्षणको व्यवस्था गर्नुपर्ने भन्ने उल्लेख गरिएको छ । आगामी दिनमा महिला तथा अशक्तहरुलाइ आरक्षित सिट सम्बन्धि अधिकार प्रयोग गर्न उत्प्रेरित गरी सम्बन्धितलाई सिट दिन प्राथमिकता प्रदान गर्ने बानीको विकास गराउने र अटेर गरी कानुनको पालना नगर्नेलाई कानुन बमोजिम कार्वाही गर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL