Logo

एक हप्तामै ५ हजार ३ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

एक हप्तामै ५ हजार ३ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । एक सातामै नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको हप्ता शुक्रबार प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आजसम्म आईपुग्दा बढेर १ लाख ७ हजार १ सय रुपैयाँ पुगेको छ ।

महासंघका अनुसार नेपाली बजारमा आज भने सुनको मूल्य हिजो अर्थात बिहीबारको तुलनामा प्रतितोला ४ सय रुपैयाँले बढेको छ । पछिल्लो हप्ताको तथ्यांक हेर्ने हो भने नेपाली बजारमा कुनैदिन सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँसम्मले बढेको छ ।

यस्तै यो हप्ता चाँदीको मूल्य पनि प्रतितोला ९० रुपैयाँले बढेको छ । गत हप्ताको शुक्रबार प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आजसम्म बढ्दै प्रतितोला १३ सय १० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL