Logo

क्रिकेट खेलाडीलाई जनही ३ लाख दिने सरकारको घोषणा, रंगशाला निर्माणमा तिव्रता दिईने

क्रिकेट खेलाडीलाई जनही ३ लाख दिने सरकारको घोषणा, रंगशाला निर्माणमा तिव्रता दिईने



काठमाडौं । सरकारले एक दिवसिय विश्वकप क्रिकेटको छनोटसम्म पुगेको नेपाली क्रिकेट टोलीका खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय टिमका सदस्यहरूलाई बधाई दिँदै जनही ३ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका हुन् ।

यस्तै उनले चाँडै मूलपानी, चितवनलगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्र गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL