Logo

विकासमा अवरोध गर्ने प्रतिगामी, जनताको जीबनस्तर सुधार गर्न आर्थिक विकास अपरिहार्य ; अर्थमन्त्री

विकासमा अवरोध गर्ने प्रतिगामी, जनताको जीबनस्तर सुधार गर्न आर्थिक विकास अपरिहार्य ; अर्थमन्त्री


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
१ पुस, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले आर्थिक विकासमा अवरोध गर्नेलाई प्रतिगामीको संज्ञा दिएका छन् । जनताको जीबनस्तर सुधार गर्न आर्थिक विकास अपरिहार्य भएको भन्दै उनले यस्तो कार्यमा अवरोध सिर्जना गर्नेहरु साचो अर्थमा प्रतिगामी भएको धारणा राखेका हुन् ।
चितवन उद्योग वाणिज्य संघको ४८ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै डा.महतले यस्तो धारणा राखेका हुन् । “जनताको जीवनस्तर माथि उठाउन सकिएन भने कुनै पनि व्यवस्था टिक्न सक्दैन” डा. महतले भने “अव आर्थिक क्रान्ति गर्नुपर्छ ।
आर्थिक विकास विना जनताको जीवनस्तर माथि जान नसक्ने भन्दै यसका लागि सरकार साहसिक निर्णय गर्दै अगाडि बढिरहेको बताए । आर्थिक उन्नतिका लागि बजारका संयन्त्रहरुलाई प्रभावकारी बनाउनु पर्ने उनको धारणा थियो ।  भोटेकोशी जलविद्युत आयोजनामा राजनीतिक दलहरुको अवरोधप्रति पनि अर्थमन्त्री डा.महत आक्रोसित रुपमा प्रस्तुत भए ।
विकासप्रतिको यस्तो कामले नेपालीलाई पछि धकेल्ने काम मात्र गर्छ’ उनले भने “ स्थानीय जनताका मागहरु पूरा गर्न सरकार प्रतिवद्ध छ । तर यस्तो विरोधले लगानीकर्ताहरु निरुत्साहित भै आर्थिक विकास नै अवरुद्ध हुने बताए ।  सो आयोजनामा उनकै दल नेपाली काँग्रेस, एमाले र राप्रपा तथा प्रमुख प्रतिपक्षी दल एमाओवादीका स्थानीय कार्यकर्ताले अवरोध सिर्जना गरेको बताइएको छ ।
कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण जोशीले चितवनको विकासका लागि कृषि, स्वास्थ्य, पर्यटन, शिक्षा तथा सिर्जनात्मक पुँजी निर्माणका २२ वटा बूँदाहरु प्रस्तुत गरे । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानवहादुर विसुरालले निजी क्षेत्रलाई बढावा दिने सरकार र अर्थमन्त्री भएकोले अर्थतन्त्रले गति लिने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL